आगामी वर्र्षभित्र ‘सडक बालबालिकामुक्त’ बनाउँछौँ : मन्त्री गुरुङ

11.56K
shares

काठमाडौं,  भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरेपनि कोभिड–१९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरु सडकमा देखिने जोखिम रहेको बताए ।

मंगलबार कोभिड–१९ का कारण बालबालिकामाथि परेको प्रभाव सम्बन्धी दक्षिण एसियाली राष्ट्रहरुको सहकार्य विषयक वेभिनारमा बोल्दै मन्त्री गुरुङले भने, ‘यही वर्षभित्र घोषणा गर्ने तयारी थियो, तर बाढीपहिरो र कोरोनाका कारण धेरै बालबालिका सडकमा देखिने अवस्था सिर्जना भएको छ, त्यसैले तिनलाई पनि व्यवस्थित गर्दै आगामी वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी भइरहेको छ ।’

मन्त्री गुरुङले नेपालमा दश वर्षे जनयुद्ध, भुकम्प, विभिन्न महामारी, बाढी पहिरो र खडेरीका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रभावित भएको र सडकमा आइपुगेको बताए । ‘अहिले कोभिडले पनि बालिबालिकाहरुमाथि ठूलो प्रभाव पारेको छ, यस्तो संकटका बेला उनीहरुको संरक्षण, स्वास्थ्य, शिक्षासहितका अधिकारको सुनिश्चितता गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

मन्त्री गुरुङले सरकारले बालबालिकाका समस्या सम्बोधन गर्दै समाधान गर्नकालागि दश वर्षे रणनीतिक योजना बनाएर बाल अधिकार प्रवद्र्धन र संरक्षणको प्रयास गरिरहेको बताए । ‘दश वर्षे कार्ययोजना मन्त्रीपरिषद्मा पुगेको छ, अन्य नियमावली र कार्यविधिहरु पनि समायानुकुल परिवर्तन गर्दै अघि बढेका छौं,’ मन्त्री गुरुङले भने, ‘बालबालिकाका नाममा भएका विकृति अन्त्य गर्न सरकार जस्तो सुकै कदम चाल्न पनि तयार छ ।’ उनले नेपाल बाल संगठनलाई पुनर्गठन गर्ने तयारी गरेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083