आयल निगमका संक्रमित कर्मचारीलाई कोरोना बिमा र जोखिम भत्ता दिन कर्मचारी संघको माग (विज्ञप्तिसहित)

12.74K
shares

काठमाण्डौं । नेपाल आयल निगम कर्मचारी संघ आधिकारीक ट्रेड युनीयनले अग्रपक्तिमा रहेर खटिरहेका कर्मचारीहरु कोरोना भाईरस (कोभिड-१९ )बाट संक्रमित हुने क्रम बढेको भन्दै संक्रमित कर्मचारीलाई कोरोना बिमा र जोखिम भत्ता दिन माग गरेको छ ।

साथै संक्रमित कर्मचारी र र तिनको परिवारका लागि सुविधा सम्पन्न आईसोलेसनको व्यवस्था गर्न माग गरेको छ ।

कर्मचारी संघ आधिकारीक ट्रेड यूनियनका अध्यक्ष गोपालचन्द्र राईले आज एक विज्ञप्ति जारी गरी आईसोलेसन तथा क्वारेन्टाईनमा बसेका सम्पूर्ण कर्मचारीहरुको व्यवस्थापन गर्न गराउन पनि ध्यानाकर्षण गराएका छन् ।

उच्च जोखिम मोलेर खटिरहेका कर्मचारीहरुको तत्काल विमा गर्न, शत प्रतिशत जोखिम भत्ता जोखिम भत्ता व्यवस्थापन गर्न, स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न र नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था गर्न अध्यक्ष राईद्धारा जारी विज्ञप्तिमा माग गरिएको छ ।

अध्यक्ष राईले संक्रमित कर्मचारीहरुको स्वास्थ्य लाभको कामना गर्दै बाँकी कर्मचारीलाई पनि थप सजग भएर काम गर्न र भविष्यमा आईपर्ने जस्तो सुकै समस्यामा पनि संगठनले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विज्ञप्तिमा अध्यक्ष राईले निगमको ५ नं प्रादेशिक कार्यलय भैरहवा, हवाई इन्धन डिपो भैरहवा, २ नं प्रादेशिक कार्यलय अमलेखगन्ज र शाखा कार्यलय बीरगञ्जमा कार्यरत संक्रमित कर्मचारी र उनीहरुको संक्रमित परिवारको उचित उपचारका लागि स्रोत साधनको व्यवस्थापन गर्न निगम व्यवस्थापनसगँ समन्वय गरेर काम भईरहेको पनि उल्लेख गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083