नेपालमा कोरोना संक्रमितको संख्या ३९,४६०, कोरोनाबाट २२८ जनाकाे मृत्यु
वि.सं.२०७७ भदौ १५ सोमवार १७:३४
shares

काठमाडाैं । नेपाल थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार महिला ३०३ र पुरुष ५९६ जना गरी नेपालभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ ।
नेपालमा कोरोनाबाट एक चार वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो ।
महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।































