कोरोना संक्रमित समेत भएका भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन
वि.सं.२०७७ भदौ १५ सोमवार १८:३३
6.81K
shares
shares

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ।
सोमबार ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।
दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको फोक्सोको संक्रमणका कारण सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो।
































