प्रचण्ड लामिछानेले गरे बाह्रबिसे पहिरो पीडितलाई आर्थिक सहयोग

12.95K
shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक ग्याल्थुम घरभैइ हाल त्रिभुवन विश्वविद्यालय बाट जिव विज्ञान शास्त्र अध्यन तथा अनुसन्धान गर्दै आएका प्रचण्ड दीप लामिछानेले
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रमा परिवार गुमाएका कुमार विक र सोम विक दुई विक परिवार सदस्यलाई नगद पाँच/पाँच हजार आर्थिक सहायता गरेका हुन् ।

फोटो: प्रचण्ड दिप लामिछाने
फोटो: प्रचण्ड दिप लामिछाने

पहिरो बाट परिवार गुमाएर बिचल्ली भएका पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन। दुई विक परिवारको सबै परिवारको सदस्यहरु पहिरोमा व्यपत्ता भएका छन् ।

शनिबार राति गएको पहिराले बाह्रबिसे नगरपालिका– ७ को घुम्थाङ भिरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन् ।