नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख
वि.सं.२०७७ असोज २९ बिहीवार १३:२२
9.01K
shares
shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।
“उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, उनले भने, “चिकित्सकका अनुसार उनको रक्तचाप पनि सामान्य रहेको छ ।”
उनको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।





























