रौतहट बम काण्डः पूर्व मन्त्री आलमका भाई भारतबाट पक्राउ

7.85K
shares

६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनताका राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको घटना प्रकरणका दोषी भनिएका पूर्व मन्त्री मोहम्मद अफ्ताव आलमका भाई मोहम्मद महताव आलमलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ ।

भारतको मोतीहारीबाट हिजो उनलाई पकाउ गरिएको प्रहरीले जनाएको छ । कांग्रेसका जिल्ला नेतासमेत रहेका महताब फरार भएर बसेका थिए ।

२०६४ चैत्र २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको मुद्दामा फरार रहेका महताब आलमलाई भारत बिहारको मोतिहारी बाट पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दाका तत्कालीन सासंद तथा पूर्व मन्त्री आलम आफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी कारागार पठाए पछि मुद्दाका बाकी अभियुक्तहरुको प्रहरीले खोजी गरिरहेको छ । यसै क्रममा भारत बिहारको मोतिहारी बाट प्रदेश प्रहरीको टोलिले महताबलाई पक्राउ गरेको हो ।

असोज १७ गते राजपुर बमकाण्डका फरार अभियुक्त मध्ये ईटा पोल्ने भट्टाका हेड मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनीलाई २ नं। प्रदेश प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको थियो ।

२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं। २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ ।


divya collage
unigloble collage