गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच हुने भयो विवाह, प्रमुख अतिथिमा मुख्यमन्त्री

13.12K
shares

कास्कीका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङकी घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विवाह हुने भएको छ। अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङ (भोलि) शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका हुन्।

‘भोली हाम्रो विवाह हुने लागेको छ,’ गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘हाम्रो विवाह गुरुङ परम्परा अनुसार नै हुनेछ।’ अध्यक्ष गुरुङले वैवाहिक कार्यक्रम भने पोखराको एक गुम्बामा हुने बताए।

‘हाम्रो मागी विवाह नै हो,’ उनले भने, ‘विवाह कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री ज्यूलाई बनाउने निर्णय भए अनुसार नै उहाँलाई निम्तो दिइसकेका छौँ।’  कोरोना भाइरसको संक्रमणको जोखिम रहेकोले विवाहमा धेरैलाई निमन्त्रणा नगरिएको बताए। विवाह बन्धनमा बाँधिन लागेका अध्यक्ष र उपाध्यक्ष दुबै तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083