बालुवाटार जग्गा प्रकरण : पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि जेल चलान
वि.सं.२०७७ मंसिर २९ सोमवार ०७:५२
shares

विषेश अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै विशेष अदालतले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे । उनलाई आजै डिल्लीबजार कारागार पठाइएको छ ।
भूमिसुधार मन्त्रालयको सचिव भएका बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ ।
९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
अख्तियारले सरकारी जग्गा हिनामिना गरेको भन्दै बस्न्यातसहित १७५ जनाविरुद्ध गत २२ माघ ०७६ मा विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



















