केपी ओली विरुद्ध राजधानीमा ५० हजार कार्यकर्ता उतार्न प्रचण्ड समुह सफल !

11.27K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले आज राजधानीमा ५० हजार भन्दा बढी कार्यकर्ता उतारेको छ । प्रचण्ड माधव समूहले राजधानीमा ५० हजार कार्यकर्ता उतारर्न सफल भएको छ ।  राजधानीका विभिन्न क्षेत्रलाई केन्द्र बनाएर जम्मा भएर नेकपाको प्रचण्ड समूहको जुलुस शुरु भएको थियो ।

नयाँ बानेशवर, टेकु, कुपन्डोल, लैनचौर र नक्शाल त्रिचन्द्र क्यामपस नजिकैबाट विद्यार्थी, रत्नपार्कबाट मजदूर, र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस शुरु भएको थियो । सबै जुलु भृकुटीमण्डलमा जम्मा भई सभामा परिणत भएको थियो । सभालाई नेकपाका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभालाई बिघटनको अवस्थामा लाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नेकपाको प्रचण्ड समूहले आन्दोलन शुरु गरेको हो । ओलीको कदमले नेकपा विभाजन भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083