ओलीको असंवैधानिक कदम विरुद्ध प्रचण्ड समुहले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने
वि.सं.२०७७ पुस १८ शनिवार ११:३९
10.56K
shares
shares

काठमाडौँ । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-माधव) ले आज प्रतिनिधिसभा विघटन विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने स्रोतले बताएको छ । पत्रकार सम्मेलन अघि आन्दोलनका कार्यक्रमबारे छलफल गर्न नेताहरुको बैठक बस्नेछ ।
यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको संस्थापन पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ। यस अघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन भैसकेको छ ।































