प्रेस काउन्सिल नेपालबाट लेखनवृत्ति पुरस्कारको लागि हिमालय टाइम्सकर्मी सिंह छनौट

6.24K
shares

प्रेस काउन्सिल नेपालबाट लेखनवृत्ति पुरस्कारको लागि हिमालय टाइम्सकर्मी सत्यराज सिंह छनौट हुनुभएको छ ।

प्रत्येक प्रदेशबाट तीन जनाको दरमा २१ जना आवेदक छानिएको मिडिया विकास कोषका सदस्य–सचिव झबिन्द्र भुसालले जानकारी दिनुभयो ।

सुदुरपश्चिम प्रदेश अन्र्तरगत बझाङबाट सत्यराज सिंह, कन्चनपुरबाट महोन विष्ट र कैलालीबाट दुर्गा देवकोटा छनोटमा पर्नुभएको हो ।

निर्धारित समयावधिमा परेका आवेदनमध्येबाट २१ जना आवेदकले प्रतिव्यक्ति १५ हजार राशिको लेखनवृत्ति प्राप्त गर्ने भएका हुन् ।

काउन्सिलले २०७६ चैतदेखी २०७७ मङ्सिरसम्म प्रकाशित र प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो ।

तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरूलाई उनीहरूका सामग्रीको मुल्याङ्कन गरी नाम छनोट गरिएको हो ।

सिंह स्थानिय संचार माध्याममा समेत आवद रहेका छन । साथै फोटो पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्षसमेत हुन् ।