समाजसेवा शर्माद्वारा खेलाडीलाई ७० हजार नगद तथा शैक्षिक/खेल सामग्री वितरण

15.63K
shares

समाजसेवी, जिल्ला समन्वय समिति दोलखाका सदस्य तथा हालै गठित नेपाल खेलकुद महासंघका केन्द्रिय कोषाध्यक्ष विदुर शर्माले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद ७० हजार र शैक्षिक सामग्री वितरण गरेका छन् । आज सम्पन्न दोलखाको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदै नेकपा (एमाले) का नेता समेत रहेका शर्माले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

शर्माले स्वर्गीय पिता हरिशंकर उपाध्यायको अक्षय कोष बाट प्रथम, द्वितीय, तृतीय हुने पालिका लाई क्रमश रु. २५०००, रु. १५००० र रु १०००० नगद पुरुस्कार प्रदान गरेका हुन् । साथै भलिवल तर्फ प्रथम हुने मेलुङ पालिकाका खेलाडीलाई नगद रु २०००० हौसला स्वरुप प्रदान गरेका छन् । मेलुङ उनको गृह पालिका समेत हो ।

साथै शर्माले जिरी मा. बि. का २० जना विद्यार्थीलाई स्कुल ब्याग र २० जना विद्यार्थीलाई कापि, कलम, पेन्सिल र ज्योमिट्रि बक्स बितरण गरेका छन् । शर्माले विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरेका छन् । शैक्षिक र खेल सामग्री हस्तान्तरण गरे पश्चात शर्माले विद्यार्थीको उज्जवल भविष्यको कामना गरेका थिए । कार्यक्रममा सहभागी राष्ट्रिय युवा संघका प्रभावशाली केन्द्रिय नेता धिरज सुवेदीका अनुसार शर्माले यो भन्दा अगाडी पनि थुप्रै शैक्षिक सामग्री हस्तान्तरण गरिसक्नु भएको र लकडाउनको समयमा मेलुंगबासीलाई सुरक्षित तवरले घर फर्किन २५ लाख भन्दा बढीको सहयोग गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083