केपी वली नेपाली मुलुकका लागी कोभिड भन्दा घातक -तामाङ

11.04K
shares

बैशाख ,१३ पोखरा ।माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले केपी वलि मुलुकका लागी कोभिड भन्दा घातक रहेको गम्भिर आरोप लगाएका छन ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशद्वारा सोमबार पोखराको पृथ्वी चोकमा आयोजित कार्यक्रमलाई बिशिस्ठ अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा तमाङले उक्त आरोप लगाएका हुन ।वलिले प्रचण्डलाई पदिय मर्यादा र हैसियत भन्दा निकै तल उत्रेर अराजनितिक र अनैतिक आरोप लगाउने गरेको भन्दै तामाङले ओली नै मुलुकको समस्या रहेको दावी गरे ।प्रधानमन्त्रि वलीले सोमबार एक सञ्चर माध्यामसँगको अन्तरवार्ताका क्रममा प्रचण्ड नै नेपाली राजनितीको समश्या रहेको टिप्पणी गर्दै वलि पदबाट हटेको दिन मुलुकको राजनितीले शहि दिशा लिने दावी गरे । वलि आरोपको खण्डन गर्दै तामाङले भने ” यो मुलुकको मुख्य समश्या केपी वली स्वयँ हुन । उनले बालुवाटार छाडेको दिन मुलुकको राजनिती स्वत: ठिक ठाउँमा पुग्नेछ ।”
यसैगरि सोही कार्यक्रममा प्रमुख अथितीका रुपमा बोल्दै पूर्वमन्त्रि तथा नेकपा माओवादी(केन्द्र)का स्थाई कमिटी सदस्य हितराज पाण्डेले पार्टीमा फेरि एकपटक हामीले जनयुद्धको समयमा जस्तै योगदान र मेहनत आबस्यक भएको बताए । पार्टी रआन्दोलनले खास खास समयमा बिशेष योगदानको माग गर्ने भन्दै नेता पाण्डेले त्यो समय आइसकेकोभन्दै कार्यकर्ता लाई तयार रहन अपिल गरे । पूर्ण पौडेल बासु वाग्ले ‘शुरेस’ लगायत सहिद र वेपत्ता सम्झने क्रममा गला अबरुद्ध पारेका नेता पाण्डेको बोल्दा बोल्दै पटक पटक गला अबरुद्ध भएपछि कार्यक्रम हलमा निकै भावुक परिस्थिती उत्पन्न भएको थियो । कान्तिकारीका पूर्व महासचिव तथा बेपत्ता योद्धा ‘पूर्ण पौडेल स्मृती बिस्तारीत बैठक’ नाम दिइएको कार्यक्रममा वेपत्ता योद्धा पौडेलकी बहिनी तेजु पौडेलले पनि धारणा राख्नु भएको थियो ।
अखिल क्रान्तिकारी गण्डकी प्रदेशभरका नेता कार्यकर्ता उपस्थित बैठकलाई । बरिस्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत , संगठनका प्रवक्ता जीपी मैनाली सचिवद्वय क्षितिज सापकोटा र प्रविना अधिकारी कोषाध्यक्ष केशव रावल लगायतले सम्बोधन गरेका थिए !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083