कोटेश्वरको ट्राफिक व्यवस्थापनमा अब्बल देवकोटाको सबैतिर प्रशंसा

20.64K
shares

कोरोना सङ्क्रमण बढ्न थालेपछि कोटेश्वरमा मास्क प्रयोगमा कडाइ गरिएको छ। कोटेश्वर ट्राफिक प्रहरी कार्यालयको संयोजनमा कोटेश्वरमा ‘तपाईको मास्क खोई’ अभियान सुरु भएको हो।

सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान थालिएको हो। ट्राफिक प्रमुख, प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले मास्क लगाउन अटेर गर्ने, मास्कविनै भीडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए।

मुख्य बजार/चोक, भीडभाड हुने क्षेत्रमा माइकिङ गर्दै सचेतनामूलक सन्देश सुनाउने गरिएको छ। मास्क प्रयोग नगरी बारम्बार हिँडडुल गर्नेलाई भने जरिवाना तिराउने गरिएको छ।

दैनिक दस लाख हाराहारी सवारी चल्ने काठमाडौं संसारकै यस्तो अद्भूत राजधानी हो, जहाँ सडकमा ट्राफिक बत्ती बल्दैनन्। गृष्मगर्मी होस् वा बर्खेझरी, चैतेहुरी होस् वा माघेठन्डी- ट्राफिक प्रहरीहरू बीच चोकमा उभिएर हात हल्लाउँदै, सिठी फुक्दै सवारी व्यवस्थापन गर्छन्। त्यो पनि एकाध वर्षदेखि होइन, वर्षौं वर्षदेखि।

सुन्दा अचम्म लाग्छ, तर सत्य के हो भने, काठमाडौं एक यस्तो अद्भूत राजधानी हो, जहाँ एउटा सिंगो पुस्ता नै सडकमा ट्राफिक बत्ती बलेको देख्दै नदेखी हुर्कियो। दस-पन्ध्र वर्षयता जन्मेका केटाकेटीले गाडीको उछिनपाछिन नियन्त्रण गर्न रातो, पहेँलो र हरियो बत्ती बल्ने ट्राफिक चिह्न हुन्छ भन्ने किताबमा मात्र पढे, आफ्नै आँखाले देख्न पाएनन्।

ट्राफिक सेवामा रहेर काम गरिरहेका रामकृष्ण देवकोटा पनि काठमाडौंको यो अवस्था देखेर अचम्म मान्छन्। नेपालमा २०२४ सालमा पहिलोपटक ट्राफिक बत्ती जडान गरिएको थियो। सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा बत्ती राखिएका थिए। केही समयपछि बिग्रिए।

त्यसपछि २०५८ सालतिर जापानी नियोग (जाइका) ले दुई चरणमा गरी उपत्यकाका २० ठाउँमा ट्राफिक बत्ती जडान गरिदियो। थापाथली, माइतीघर, केशरमहल मार्ग, पद्मोदय मार्ग, बागबजार, कालिमाटी, नयाँबानेश्वर लगायत व्यस्त ठाउँमा राखिएका ती बत्तीले अहिले काम गर्दैनन्।

काठमाडौँका चोक मध्ये सबैभन्दा ब्यस्त मानिन्छ कोटेश्वर । देवकोटा बिहानदेखि बेलुका दुर्घटना न्यूनीकरण कै लागि खटिएका हुन्छन । धुलाम्मे सडकमा कहिले फुस्रा देखिएका हुन्छन । कहिले नो पार्किङ्गमा राखिएका गाडी उठाउन ब्यस्त हुन्छन त कहिले गाडी भाडा निरिक्षण गरिरहेका हुन्छन । जे होस् कोटेश्वरबासीले एक अब्बल ट्राफिक साथी पाएका छन्, रामकृष्ण देवकोटा ।

अगामी दिनहरूमा पनि सवारी व्यवस्थापनमा उनले जनताको निरन्तर सहयोग, सल्लाह र समन्वयको अपेक्षा गरेका छन् । एक्सन, समन्वय र परिचालनमा अब्बल मानिएका देवकोटाले चुनौतिपूर्ण रहेको कोटेश्वरको ट्राफिक व्यवस्थापनमा रचनात्मक र सहज सहकार्यको बिश्वास गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083