नेकपा एमालेमा दुःखै दुःखको खबर एकपछि अर्काे फुट

Nepal Life Insurance Long Ad

यतिखेर नेकपा एमाले पार्टि चार टुक्रामा विभाजित भएको छ । सिंगो पार्टिको नरसंहारकर्ता नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली एक्लै हुन् ।
१ नेकपा एमाले केपी समुह
२ नेकपा एमाले समाजवादी समुह
३ नेकपा एमाले १० बुदे समुह
४ नेकपा एमाले बामदेब समुह
पार्टि नरसंहारका कारणहरु
कारण १ केपी ओलीको व्यक्तीबादी सोचाई र गुण्डागर्दिको साथ

केपी शर्मा ओलीले प्रधानमन्त्री भएर देश चलाउदा पार्टिबाट मात्रै होइन कि जनस्त्तरबाटै आलोचित भएका थिए । उनले बोल्ने शब्दहरुमा समकक्षिहरुलाइृ होच्याएकै हुन्थ्यो । उनको हरेक अभिव्यक्तीहरुमा उनको जालझेल, र छलकपट देखिन्थ्यो । अझ भनौ कि उनलाई इमान्दार नेता मान्नै सकिंदैनथ्यो । उनको पालामा भष्ट्राचार सप्रियो । विदेशी प्रभुहरुको इशारामा सजिलै नाच्न सक्ने ओलीभित्र कला छ । जसका कारण नेकपा एमाले चार टुक्रामा विभाजित हुन पुगेको छ । नेकपा एमाले बिभाजित हुनु स्वंम एमालेको मात्रै पिडाको विषय होइन् । नेपालको राजनितिकभित्र एककिसिमको भुइचालो गए बराबर हो । लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार कुनै पनि राजनितिक दलहरु फुटनुहुदैन् । अल्पमतको सरकार पनि हुनुहुदैंन् । यसले मुलुकमा अस्थिरता जन्माउंछ । नेपालमा मच्चिएको राजनितक अस्थिरताको कारक केपी शर्मा ओली हुन् । राजनितिक अस्थिरताको भागेदार निर्दोष जनता हुन् । पार्टिभित्रको साना आन्तरिक कलहलाई मिलाउन त परैको कुरा आफनो स्वार्थको दुनो मात्र सोझयाउन सिपालु छन् ।
कारण २ अलोकतान्त्रीक क्रुर नेता
जनताको चाहना मर्म बुभ्mन नखोज्ने क्रुर शाशकमा गनिएको छन केपी शर्मा ओली । यतिखेर देशको अर्थतन्त्र डामाडोल छ । जनताको गाँस बास कपासको कुनै टुगाें छैन् । जनचाहना विपरित काम गर्ने ओलीमा नेतृत्वमा हुनुपर्ने कुनै पनि लक्षण नै छैन भन्दा पनि हुन्छ । ओली पार्टिै भित्रको वैचारिक द्धन्दलाई समाधान गर्लान भन्दा त बारम्बार समस्या बल्झाउनतिर तम्सिए । परिणामत पार्टि बिभाजन भएको छ ।
कारण ३ ओलीको पार्टिभित्र कुरा एक गुट अनेक
पार्टि एक ढिक्का राख्न सक्नुपथ्र्यो । आफुलाई नरुचाउने आफनै समकक्षीहरुलाई उछित्तो काढने काम गरिरहे । अदालतले नेकपा खोरज गरेपछि नेकपा एमालेका माधब समुहलाई कारवाहि गरेर नेकपा हुँदा खेपेको आलोचनाको रिसको बदला लिएका थिए । आफनै चुल्होका नेता कार्यकर्तासंग उनले गुण्डागर्दिको शैलीमा धमाशा देखाइरहे । यसभन्दा अगाडि पनि केपी शर्मा ओलीले पार्टिलाई आफनै प्राइभेट कम्पनी जस्तो गरि चलाएको भन्ने आलोचना भइरहन्थ्यो । यहि द्धन्दको कारण माधब नेपाल समुहले भदौ २ गते नँया पार्टि (नेकपा एमाले समाजबादी ) दल दर्ता गरेको हो । यता नेकपा एमालेकै अर्काे समुह ‘१० बुंदे’ले पनि नँया पार्टि गठन गर्ने संकेत दिएको छ ।
त्यसैगरि हालसालै नेता बामदेव गौतमको नेतृत्वमा पनि नँया पार्टि गठन गर्ने संकेत देखिएको छ । संधैभरि नेतृत्वमा र कार्यकर्तामा एकै खालका समान गुण र दोष नहोलान् । तर एकजना कुशल नेताले त सबैलाई समेटन सक्नुपथ्र्यो । केपी शर्मा ओलीको आफुबाहेक अरुलाई स्विकार्नै सक्दैनन् । पार्टिमा पचासौं बर्ष दुःख गरेका नेता कार्यकतालाई स्थान नदिने तानाशाहा प्रबृतीले गर्दा ओलीले पार्टि मात्रै सिद्धयाएनन् । आफनो राजनितिक भविष्य पनि खेर फालेका छन् ।
कारण ४ ओलीले पार्टिभित्र गरेको निति र बिधीको उल्लंघन
जुनसुकै पार्टि बिचार र सिदान्तले चल्ने गर्छ । केपी शर्मा ओली चाँहि स्वविबेकले भन्दा पनि बलमिच्याइको आडमा र बिचौलियाको सहारामा पार्टिमा प्रस्तुत भइरेहको हुन्छन् । नेकपा एमालेमा पचासौ बर्ष दुख गरेर कपाल फुलाएका नेताहरुलाई ओलीले छेउपाखा लगाएर आफनो मनमर्जि चलाएर छाडेका छन् ।
यस्तो व्यक्ती न कुनै निती छ । न कुनै सिदान्त छ । न पार्टिमा आजसम्म कुनै त्याग छ । केवल नाच्ने गाउने कलाकार कोमल ओली जस्तो दरवारियालाई टपक्क टिपेर पार्टिको सभाषद बनाइदिए ओलीले । जिम्मेवारि सम्हालेर बसेका नितिसंगत ढंगले लागेका अग्रजहरुलाई अधिकार नदिनुले उनको घमण्डले साचचै सिमा पार गरेको देखिन्छ । उनीमा तर्क भन्दा कुर्तक बढि । असल भन्दा खराब पात्रहरुको हावि छ । त्यसो त सुर्य थापा जस्तो सकिंर्ण मान्छे उनको दाहिने हात । बिष्णु रिमाल, राजन भटटराईहरु उनकै हनुमान हुन् । महेश बस्नेत जस्ता गुण्डागर्दिको अभियोग लागेका मान्छेहरु उनका आसेपासे छन् । मौका परे ओलीले यिनै मान्छेहरुलाई देशको उच्च महत्वपुर्ण निकायमा स्थान दिन बेर छैन् । पार्टिमा मनलाग्दी मान्छेलाई मुल नेतृत्वमा ल्याउने उनको यस्तै छलकपटी शैलीले गर्दा अग्रपक्तिका नेतृत्वले चित्त दुखाएका हुन् ।
नाम नखुलाउने शर्तमा एकजना नेताले बताएअनुसार ‘केपी ओलीले कार्यकर्तालाई आश्वशन मात्र दिन्छन् । तर काम गर्देनन् ।’ ‘जुनसुकै कमिटिको बैठकमा जानै नमान्ने ।, यदि गइहाले पनि कसैको कुरै नसुन्ने । कुरा सुनिहाले पनि कार्यन्वयन नै नगर्ने उनको खराब नियत छ ।’ केपी ओलीको व्यक्तीबादी अंहकारी सोचका कारण पार्टि ४ वटा चिरामा विभाजन भएको हो । जनता नेता कार्यकर्ता सबैले खराब राजनितक पात्रलाई चिनिराख्न जरुरी छ । यानकि अब आइन्दा यस्ता हर्कतहरु नेपाली राजनितीको सेरोफेरोमा फेरि कहिल्यै पनि नदोहोरियोस् ।

४ भदौ २०७८, शुक्रवार १२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु