किमिचद्वारा सम्झौता नवीकरण

5.6K
shares

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका डिफेन्सिभ मिडफिल्डर जोसुवा किमिचले सम्झौता नवीकरण गरेका छन् ।

बायर्नले सोमबार जर्मनीका किमिचले सम्झौता नवीकरण गरेको जनाएको छ ।

सम्झौता नवीकरणसँगै किमिच सन् २०२५ सम्म बायर्नमा रहने छन् ।

२६ वर्षीय किमिच सन् २०१५ मा आरबी लाइपजिगबाट बायर्न आएका थिए ।

बायर्नका लागि उनले २ सय ६४ खेलमा ३० गोल गरेका छन् ।

बायर्नका लागि किमिचले ६ बुन्डेसलिगा, ३ जर्मन कप, १ च्याम्पियन्स लिग,५ सुपर कपसहित फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।

जर्मनीका लागि उनले ५९ खेलमा ३ गोल गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083