अध्यक्ष पञ्चा सिंहलाई लेखा आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

6.41K
shares

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को लेखा आयोगले अध्यक्ष पञ्चा सिंहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न प्रश्न गर्दै आज एक पत्र लेखेर आयोगले अध्यक्ष सिंहलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘अखिल (क्रान्तिकारी) का जिम्मेवार नेताहरू, उपाध्यक्ष, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरूले तपाईमाथि लगाएको आरोपको विषय उपर आजको दिन सम्ममा उचित जवाफ वा खण्डन आउन नसक्नुले तपाईंमाथि शंका गर्न मिल्ने ठाउँ बनेको छ । मिडियामा आएअनुसार पोखरा विश्वविद्यालय र सिटिभिटीमा आर्थिक बार्गेनिङ गरेको कुरा के हो? संगठनका जिम्मेवार नेताहरूबाट सिटिभिटी, पोखरा विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा सम्बधन र कार्यक्रम जिस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न चिह्न खडा गरेको छ,’ लेखा आयोग उपप्रमुख गम्भीर साउँदले लेखेको पत्रमा भनिएको छ ।

पत्रमा अगाडि भनिएको छ, ‘कुनै पनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरूको तय, मुद्दाहरू उठानको प्रक्रिया र सम्बसन्धत निकायमा प्रारम्भिक रूपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ भनेर जारी भएको पत्र/विज्ञप्ति/ध्यानाकर्षण (पत्र मितिः २०७९/०८/२८ मा सार्वजनिक भएको दुई पत्र) उपर तपाइँको धारणा के हो? कसमस कलेजमा तपाईको निर्देशनमा समानान्तर गतिविधि गरेको भन्ने कुरा के हो? गौरवशाली संगठन अखिल (क्रान्तिकारी) माथि लागेको कालो धब्बाको बारेमा वास्तविक कुरा के हो भन्नेबारे २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न हुन लेखा आयोग अनुरोध गर्दछ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083