उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित
वि.सं.२०७९ चैत ३ शुक्रवार १६:५०
6.55K
shares
shares

काठमाडौ । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा १० दलीय गठबन्धनबाट यादव उपराष्ट्रपतिमा विजयी भएका हुन्।
आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।



























