भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार

Nepal Life Insurance Long Ad

काठमाडौ ।  २ कराेड ५०  लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा दाेषी   ठहरिएका प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव फरार भएका  छन् ।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा कार्यररत रहेका  बेला  भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवे उनकाे राेहबरमा टासी शेर्पाकाे नाममा १ कराेड २५ लाख र चाईनिज नागरिक मामिङकाे नाममा पनि १ कराेड २५ लाख बराबर रकमकाे दुई पक्षबिचकै सहमतिमा चेक प्रहरी कार्यलयमा कटाएका थिए ।

तर यि दुई चेक पिडित पक्षकाे नाममा भएता पनि तर फरार रहेका यादवले सम्बन्धित ब्यक्तिलाई नदिएकाे कुरा पिडित दुई ब्यक्तिले बताएका छन् । नाममा पनि १ कराेड २५ लाख बराबर रकमकाे दुई पक्षबिचकै सहमतिमा चेक प्रहरी कार्यलयमा कटाएका थिए ।तर यि दुई चेक पिडित पक्षकाे नाममा भएता पनि तर फरार रहेका यादवले सम्बन्धित ब्यक्तिलाई नदिएकाे कुरा पिडित दुई ब्यक्तिले बताएका छन् ।

चेक तपाईं किन राख्ने? हामिलाई  दिनुहाेस भन्दा तेति खेर यदावले केहि हुदैन म यही कार्यलयमा राख्छु तपाईंहरुकाे पैशा उठाउने जिम्मा मेराे भयाे भन्दै उनले ति दुई चेक राखेकाे कुरा दुइ पिडित ब्यक्तिहरुले बताएका छन् । हामिलाई पनि बिश्वास लागेको थियाे प्रहरीले राख्दा  झन् सजिलाे हुन्छ हाम्रो पैशा  उठ्छ भन्ने लागेकाे थियाे ,उनिहरु बताउछन् । अहिले चेक माग्दा पहिला पैशा दिनुहाेस अनि मात्रै चेक  दिन्छु भन्न थालेकाे कुरा पिडित बताउछन् ।

याे कुरा उनिहरुले बताए पछि हामिले यादवलाई सम्पर्क गर्यौ उनले फाेन उठाए , उनले भने हाे, चेक  कटाई दिएकाे हाे मैले सहयाेग गरेको हुँ तर मसग चेक छैन भन्ने जवाफ उनले दिए, लगत्तै उनकाे जवाफमा हामिले प्रश्न गर्यौ तपाईं सगै छ रे नि चेक प्रमाणसहित पिडित हामि समक्ष अाउनु भएकाे छ ? भनेपछि उनले केहि जवाफ  दिन सकेनन् र फाेन नै काटे त्यस पछि बारम्बार फाेन गर्दा फाेन नै उठाउन छाेडे । यसरी घटना बिवरण हेरे पछि सुने पछि अाम जनताले प्रहरी कहाँ गएर न्याय पाउँछन् या पाउँदैनन् याे प्रश्न अाज उठि  रहेकाे छ ।

                अन्तत यस्ताे  छ रहस्य
सिन्धुपाल्चोक  जिल्लास्थित् भाेटेकाेसि गाउँपालिका वडा नं. १ घर भइ हाल भक्तपुर जिल्ला बस्ने जित बहादुर श्रेष्ठ र विश्व बस्नेत यि दुई ब्यक्ति र  चाईनिज नागरिक मामिङ र टासी शेर्पासँग ब्यापार बिजनेस गर्ने एक प्रकारकाे सहमति भएकाे थियाे । सहमति अनुसार दुई चाईनिज नागरिकले लगानि  करिब  २ कराेड ५० लाख रुपैया निकालि जित श्रेष्ठ र विश्व बस्नेतलाई दिएका थिए । तर जित र बस्नेतकाे नियत भने ब्यापार गर्ने हाेईन पैशा पाई  सके पछि नियत  नै परिबर्तन भएकाे घटना तथ्यहरुले बताएकाे छ । जब लगानि फस्दै गयाे त्यस पछि दुई चाईनिज नागरिक छट्पटाउन थालेकाे कुरा उनिहरुले बताए ।
बारम्बार पैशा फिर्ता गर्नु पराे भन्दै अनुरोध गर्न  थाले पछि जित र बस्नेतले हामि सिन्धुपाल्चोक जाउँ तेहा पैशा उपलब्ध गराउछाै भने पछि  सिन्धुपाल्चोक जिल्ला गएकाे कुरा पिडित बताउछन् । त्यहाँ कुरा नमिले पछि दुई पक्ष अाफै सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलय गएकाेे बताए । तत्काल पैशा दिन नसक्ने भनि सके पछि अहिले चेक दिने साथै ६ महिना भित्र मिलाउने कागज गर्ने सहमति भएकाे कुरा बताए । अन्तत तथ्यमा पनि  पिडित पक्षले भने जस्तै उल्लेख गरिएकाे छ। तर दुई पक्षबिच भएकाे सहमति बितिसक्न लाग्दा पनि काराेबार नमिलेकाे कुरा उनिहरु बताउँछन् ।
अब दुई पिडित कानुनि लडाइँ लड्न तयार रहेकाे कुरा बताउदै अाएका छन् । तर कानुनी प्रक्रियामा जान समस्या रहेकाे बताए  । किन समस्या   हाे? भनेर हामिले पिडितलाई प्रश्न गर्दा  दुई चाईनिज नागरिकले गुनासाे पाेख्न थाले । प्रहरी कार्यलय गए पछि न्याय पाईन्छ भनेर प्रहरी समक्ष  गयाैँ तर अाज हामि अाफैले दुख पाएका छाै । अाफै प्रहरीलाई खाेज्दै हिड्न थालेका छाै ।

प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव गत पुष ५ गते बर्खास्तीमा परेका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका एसपी यादवको जागिर गएकाे थियाे ।

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि एसपी यादव बर्खास्तीमा परेका हुन्। डीएसपी भएको बेला २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा गरेको आर्थिक अनियमितता गरेको भन्दै यादवविरुद्ध मुद्दा दर्ता भएको थियो।

त्यतिबेला उनले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। आर्थिक अनियमितता र लागु औषध मुद्दामा पैसा लिएर मिलाएको पाइएको भन्दै अख्तियारले यादव र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए।

त्यतिबेला निलम्बनमा परेका उनी विशेष अदालतले सफाइ दिएपछि पुनः सेवामा फर्किएका थिए। विशेष अदालतले सफाइ दिने पनि सरकारी वकिल कार्यालय भने विशेष अदालतको फैसलामा चित्त नबुझाउँदै सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको हो। २२औं पटकको पेसीमा भएको सुनुवाइपछि पुस ५ गते सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउँदै यादव र गुरुङलाई दोषी ठहर गरेको हो।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरको हो। सर्वोच्चले दोषी ठहर गर्दै तिन महिना कैद र जरिवाना समेत सजाय निर्धारण गरेको थियाे ।

विवादै विवादले घेरिएका यादव

यादव विवादै विवादले घेरिएका प्रहरी अधिकृत हुन्। उनी जहाँ कार्यरत रहे त्यहाँ विवाद भएको देखिन्छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहँदा एसपी यादव निलम्बनमै परेका थिए। उनले बडीगार्ड र चालकमार्फत् ट्राफिकमा रहँदा रकम असुल्ने गरेको भन्दै निलम्बन गरिएको थियो। पछि भनसुन गराएर यादवले निलम्बन फुकुवा गराएका थिए।

यादव २०५५ मा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरी २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएका थिए। यादव २०७६ असोजदेखि २०७७ भदौसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुख भएर बसेका थिए।

प्रहरी वृत्त ललितपुर सातदोबाटोको प्रमुख हुदाँ र सिन्धुली प्रहरी प्रमुख हुँदा पनि उनी विवादित बनेका थिए। उनीमाथि सिन्धुलीमा गाँजा तस्कर र क्रसर व्यवसायीहरुबाट समेत रकम असुली गरेको आरोप लागेको थियो।

३० फागुन २०७९, मंगलवार २०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु