बादलका सल्लाहकार पक्राउ परेपछि पूर्व एआइजीको टिप्पणी-झुक्याएर अदालत नलगियोस् !

4.98K
shares
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको घटनामा तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार डा.इन्द्रजित राई पक्राउ परेपछि तरंग उत्पन्न भएको छ । यसमा अन्य उच्च पदस्थ व्यक्तिहरु समेत तानिने सम्भावना बढेको छ ।

बालल गृहमन्त्री हुँदा डा.राई उनका सुरक्षा सल्लाहकार थिए । राईले ठगी गिरोहका व्यक्तिहरुलाई सघाएका थिए । हाल ठगी गर्नेहरु पक्राउ परेपछि उनीहरुले राईलाई पैसा बुझाएको बताएपछि उनी पक्राउ परेका हुन् । करिब पाँच करोड राईलाई बुझाएको पक्राउ परेका अभियुक्त सानु भन्डारीको बयानको छ ।
राई पक्राउ परेपछि पूर्व एआइजी दिवेश लोहनीले फेसबुकमा टिप्पणी गरेका छन् । त्यससम्बन्धि समाचार शेयर गर्दै उनले लेखका छन्,‘उहाँहरुको कुरा पनि सुनियोस, बयान पनि लिइयोस, आफ्नो भनाइ राख्ने मौका नै नदिइकन एकै पटक झुक्याएर अदालतमा नलगियोस्, सरकारले चलाएको मुद्दा हो जसरी पनि थुनामा राख्नु भनी कुनै लुते न्यायाधीशको बेन्चमा मुद्दा पारी दबाब नदिइयोस्, कम्तिमा उहाँहरुको हातमा राज्यसत्ता भएको बेलामा जस्तो गज्जबको अनुसन्धान चै नहोस्, बाकी जैसेक रनी वैसे भरनी त भैहाल्छ ।’
एक महिनाअघि अवकाश पाएका लोहनीले व्यग्यात्मक रुपमा यस्तो लेखेका हुन् । किनकी बादल गृहमन्त्री भएकै बेला एआइजी लोहनी लगायत प्रहरीलाई हचुवाको भरमा मुद्दा दायर गरेर फसाइएको थियो । सुन तस्करीसम्बन्धि मुद्दाको राम्रोसँग अनुसन्धान नगरेको भन्दै त्यतीबेला लोहनीलाई समेत पक्राउ गरी मुद्दा दायर गरिएको थियो ।
अहिले बादलका आफ्नै सल्लाहकार पक्राउ परेपछि त्यतीबेला जस्तो हचुवाको भरमा अनुसन्धान नहोस् भनेर एआइजी लोहनीले टिप्पणी गरेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083