टोपहादुर रायमाझी भागेर भारत पुगेको आशंका, पक्राउ गर्न ७७ वटै जिल्लालाई परिपत्र
वि.सं.२०८० वैशाख २५ सोमवार १८:१५
shares

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ पर्न सकेका छैनन् ।
गत बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । सो दिन सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीमा एक कार्यक्रममा विशेष अतिथि बनेका उनी सोही दिन बेलुकाबाट सम्पर्कबिहीन बनेका छन् ।
उनी अहिले भागेर भारतको लखनउ पुगेको प्रहरीले आशंका गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी अहिले उनको खोजीमा तीव्र रुपमा लागेको छ । तर, उनी कहाँ छन् भन्ने यकिन लोकेसन पत्ता लगाउन सकेको छैन । गृह स्रोत भने उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंका रहेको बताउँछ ।
उनलाई पक्राउ गर्नका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको गृह स्रोतले बताएको छ । त्यति मात्र नभई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि उनलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।































