२०० रुपैयाँले घट्यो सुनको मूल्य

3.12K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083