‘वर्तमान सरकारकाे बिराेध गर्ने तत्वहरु भ्रष्टाचारी हुन् ‘ : नेता भुषाल

4.36K
shares

काठमाडौ । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष ईन्द्र भुषालले गणतन्त्रकाे बिराेध गर्दै गणतन्त्र बिराेधिहरु सल्बलाउन थालेकाे बताएका छन् ।
गणतन्त्र दिवसकाे अवसरमा अखिल क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा अायाेजित दिपप्रज्वलन कार्यक्रममा बाेल्दै साे कुरा बताएका हुन् ।
गणतन्त्र बिराेधी केही तत्वहरु एवम् राजावादीहरुले गणतन्त्रकाे कु-प्रचार गर्न थालेकाे कुरा उल्लेख गर्दै त्यसकाे प्रतिकारमा उत्रन अबकाे सचेत अाम नागरिक, युवा पुस्ता, युवा विद्यार्थीहरु तयार हुनुपर्ने बताए ।

नेता भुषालले भने, ‘दश बर्षे जनयुद्धकाे जगमा टेकेर सांसद बनि संसद भवन छिरेका कुनै पनि राजनिति बिचार नभएका केही ब्यक्तिहरुले अहिले जनयुद्धकाे बिराेध गर्न थाले, जनयुद्ध र समग्र माअाेवादी पार्टीप्रति घेराबन्दी गर्न थालेका छन्’।

‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार भ्रष्टाचार अनियमितताकाे बिरुद्धमा लााग्न थाले पछि केही तत्वहरु सल्बलाउन थाले, सरकारकाे बिराेध गर्न थालेका छन् ‘। जाे ब्यक्ति भ्रष्टाचारी छ, जुन पार्टी भ्रष्टाचारकाे संरक्षण गर्न तयार हुन्छ , त्यसले मात्रै गणतन्त्रकाे बिराेध गर्छ , भ्रष्टाचारीले मात्रै बर्तमान सरकारकाे बिराेध गर्नेछ, उनले भने ।


divya collage
unigloble collage