‘यौन काण्ड’ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन

3.48K
shares

रोम । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।  बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।

बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भएका ब्यक्ति हुन । उनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि  सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए ।  सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

सन् १९३६ मा इटालीको मिलानमा जन्मेका सिल्भियो बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारणकर्ता मिडियासेटका मालिकसमेत हुन । उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिक समेत रहेका थिए ।

हाल, उनको पार्टी फोर्जा इटालिया इटालियन सरकारमा सहयोगी छ। इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा, उनी इटालीको शक्तिको केन्द्रमा थिए।

इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भिर आरोप लागेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083