अमेरिका विरुद्ध नेपालको उत्कृष्ट सुरुआत

4.84K
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालका बलरले उत्कृष्ट सुरुआत दिलाएका छन् ।

पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।

त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई क्याच गराए ।

करण केसीले ४.३ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083