एक सफल समाजसेवीको रुपमा परिचित टिकाराम तामाङ !
वि.सं.२०८० साउन १० बुधवार १९:०८
shares

काठमाडौं । केही दीन भित्रै जुलाई २९ तरिखमा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्व चयन हुने भएसँगै निर्वाचनको प्रचार- प्रसार निरन्तर तिव्र रुपमा अघि बढेको छ ।
बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अस्ट्रेलियाको विभिन्न समितिमा रहेर निरन्तर काम गरिराखेका टीकाराम तामाङले एनसीसी सदस्यमा उम्मेदवारी दिएका छन् ।
अष्ट्रेलियामा रहेको नेपाली समुदायमा परिचित तामाङ एनआरएन अभियानमा सक्रिय रहनुको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सफल रहेका छन् । हाल उनी (ThinkWise Financial (Solutions Pty Ltd) थिंकवेज वित्तीय समाधानका सीईओ समेत हुन् ।]

उनि एक समाजसेवी पनि हुन् , उनले नेपालमा बिभिन्न क्षेत्रमा समाज सेवा गरेका छन् । सडक घर बनाउने क्षेत्रमा साथै बिभिन्न सामाजिक संस्थाहरुमा आर्थिक सहयोग गरेका छन् । नेपालमा रहेका बेबारीसे अनाथ बालबालिकाहरुलाई पढ्न लाग्ने सम्पुर्ण खर्च ब्यवस्था गराई उनले पढ्नका लागि पुस्तकालयको समेत ब्यवस्थापन गरेका छन् ।
धायरिया क्यान्सर फाउन्डेशन झूठ क्यान्सर अनुसन्धान र सावधानीको लागी उनले आर्थिक सहयोग गरेका छन् । साथै काठमाडौमा अवस्थीत बासबारीको तामाङ समाजको लागी, गुम्बा बनाउन धेरै ठुलो अर्थिक सयोग गरेका छन् ।
नेपालमा भूकम्प पिडित, बडीपहिरो पिडित, कोभिडको महामरीमा समेत उनले आर्थिक लगाएत अन्य सहयोग गरेका हुन् । त्यसै गरि तामाङले बिभिन्न खेल क्षेत्रमा र खेलडीको लागी पनि आर्थिक लगाएत अन्य सहयोग गरेका हुन् । अन्तत : समाजसेवी तामाङ अहिले पनि निरन्तर सामाजिक सेवा गर्दै आएका छन् ।
अहिले पनि जब देशमा संकट पर्दछ, जब देशमा बिभिन्न समस्याहरु आई पर्दछन् तब टिकाराम तामाङ सहयोग गर्न लागि निरन्तर लागि पर्दछन् । उनले नेपालमा मात्रै होईन, विदेशमा समेत धेरै सामाजिक संस्थामा आबद्ध भई सामाजिक कार्य गरेका छन् । उनले हरेक क्षेत्रमा बिभिन्न तरिकाबाट सहयोग गर्दै आएका छन् । पछिल्लो समय राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा एक सामाजिक अभियानता/ समाजसेवीको रुपमा चिनिदै आएका तामाङ एक सफल समाजसेवीको रुपमा परिचित रहेका छन् ।
एनआरएन अष्ट्रेलियालाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र अष्ट्रेलियामा रहेका नेपालीहरुको सु:खदु:खमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहेको उनको भनाइ छ। युवा उद्यमी तथा समाजसेवी टीकाराम तामाङले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्
















