नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाद्वारा पदभार ग्रहण

7.05K
shares

लुम्बीनी । नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.ल्हारक्याल लामाले बिहिबार आफ्नो पदभार ग्रहण गरेका छन् । लुम्बिनी विकास कोष कार्यलय लुम्बिनीमा पदभार ग्रहण गरेका हुन् ।

स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कोषका सदस्य सचिव सानुराजा शाक्य माओवादी केन्द्रिय नेता मो वकिल मुसलमान  लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथि सहितले नवनियुक्त उपाध्यक्ष डा. लामाको स्वागत गरेका हुन् ।

केही दिन अघि मन्त्रिपरिषद्को बैठकले संविधानसभाको सदस्य समेत रहेका डा. लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरको थियो ।

यस अघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सात वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा बौद्ध धर्मका गुरुलाई नियुक्त गरिएको हो। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय महासचिव समेत रहेका डा. लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष डा.लामाले कसैले पनि लुम्बिनीको गुरु योजनामा बक्र दृष्टि लगाउन न हुने बताएका छन्। उनले सम्बोधनको क्रममा आफू निस्वार्थ भएर लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्ने र  कर्मचारीहरुले पनि त्यसमा विशेष साथ दिन आग्रह गरेका हुन् ।

आफुलाइ विश्वास गरेर लुम्बिनीको विकास गर्न जिम्मेवारी प्रधान गरेकोमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड” र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई विषेश धन्यवाद समेत व्यक्त गरेका छन्।

लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् ।

  1. तस्वीरमा हेर्नुहोस्

May be an image of 2 people and temple

May be an image of 1 person

May be an image of 1 person

May be an image of 7 peopleMay be an image of 6 people

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083