एसएसपी भुपेन्द्र खत्रीले सम्हाले काठमाडौ प्रहरी प्रमुखको जिम्मेवारी
वि.सं.२०८० भदौ ८ शुक्रवार १४:५४
8.23K
shares
shares

काठमाडौं । नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन्।
केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो। २०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए।
































