‘राजनीतिको आवरणमा गुण्डागर्दी गर्छु भनेर टाउको उठाउने चेष्टा कसैले नगरे हुन्छ : एआईजी दीपक थापा

6.53K
shares

काठमाण्डौ ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,चावहिल काठमाण्डौको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा बृहत नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका वडा नं. ०७ मैजुबहालमा सम्पन्न भएको छ।

सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भूमिका पुलकोरुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल प्रहरीले यस्तै सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । साथै नजिकै आउँदै गरेका चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि अनुरोध गर्नुभयो ।

प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिने बताउदै आधुनिक समाजमा आधुनिक प्रविधि प्रयोग गरी अनलाइन ठगीका घटनाहरुमा बृद्धि भई रहेकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री लगायत अन्य प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083