प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीद्धारा कराते खेलाडी तथा प्रशिक्षकहरु सम्मानित
वि.सं.२०८० कात्तिक २४ शुक्रवार १९:१२
5.66K
shares
shares

काठमाडौ । दक्षिण एशियाली कराते महासंघ (SAKF) को क्यालेण्डर अनुसार २०८० मङ्सीर १२ गतेदेखि १७ गतेसम्म “7th South Asian Karate Championship 2023” नेपालमा आयोजना हुने भएको छ ।
कार्यक्रममा सहभागिताको लागि नेपाली राष्ट्रिय कराते टिम तयार गर्नु पर्ने भएकोले नेपाल कराते महासंघद्वारा २०८० कात्तिक २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन भएको “छनौट प्रतियोगिता” मा सहभागी भई ९ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल १५ पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका कराते खेलाडी तथा प्रशिक्षकहरुलाई आज राष्ट्रीय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्धारा एक कार्यक्रमका बीच सम्मानित भएका छन् ।

उक्त कार्यक्रममा बधाई ज्ञापन गर्दै प्रमुख अतिथिले नेपाल प्रहरीमा रहेका खेलाडीहरुले प्राप्त गरेको सफलता प्रति गौरवान्वित भएको र खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध रहेको कुरा व्यक्त गर्दै आगामी प्रतियोगिताहरुमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
(तस्वीरमा हेर्नुहोस्)National Police Academy बाट साभार







































