“४१ औं आई.जि.पि. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८०” को समुद्‍घाटन सम्पन्न

8.15K
shares

काठमाडौ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जमा आजबाट सञ्चालन भईरहेको “४१औं आई.जि.पि. रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०८०” को समुद्‍घाटन कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अथितिले  नेपाली खेलकुदमा नेपाल प्रहरीको योगदानको स्मरण गर्दै नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिताहरु स्तरीय खेलाडी उत्पादनको आधारको रुपमा रहेकाले प्रतियोगिताहरुको सम्भाव्यता खोजी गरी सञ्चालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुका साथै सम्पूर्ण सहभागी टिमहरुलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न निर्देशन समेत दिनु भएको थियो ।

May be an image of 3 people and text

उक्त कार्यक्रममा प्रतियोगिताको मुल आयोजक समितिका सदस्य-सचिव प्र.ना.उ. रुकेश तण्डुकारले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । प्रमुख अतिथिद्वारा पूर्व फिफा रेफ्री प्र.स.नि. श्रवण कुमार तामाङलाई बल हस्तान्तरण गरी सञ्चालन भएको उद्‍घाटन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय टिम, विराटनगरले मधेश प्रदेश प्रहरी कार्यालय टिम, जनकपुरलाई ५-० गोल अन्तरले पराजित गरी प्रतियोगिताको पहिलो जित हासिल गर्न सफल हुनुका साथै विजेता टिमका जर्सी नं. ३ का प्र.स.ह. दिल बहादुर तामाङ म्यान अफ द म्याच घोषित हुन सफल भएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रतियोगितामा सहभागी नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सात प्रदेश गरी कुल दश टिमका खेलाडी तथा अफिसियलहरु लगायतका अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको  थियो ।

प्रतियोगिता  २०८० मंसिर ६ देखि  १५ गतेसम्म सञ्‍चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले १,०१,०००  (एक लाख एक हजार) र द्वितीय हुने टिमले ५१,०००  (एकाउन्न हजार) प्राप्त गर्नेछन् भने अन्य विभिन्न विधाहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत विधागत नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 2 people and text

May be an image of 9 people and text

May be an image of 10 people and text

May be an image of 5 people and text

May be an image of 10 people, clarinet and text that says 'National P, cademy, Maharajgunj'

May be an image of 12 people and text

May be an image of 11 people and text

National Police Academy बाट साभार

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083