मेन्याङबोको पहलमा आर्थिक अवस्था कमजोर रहेको युवालाई सहयोग
वि.सं.२०८० मंसिर १७ आइतवार १६:११
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीलार्ई जनतासँग जोड्ने उदेश्यका साथ सन्चालन गरेको जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान देशभरी नै चलिरहेको छ । माओवादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थितिमा आम जनताको चासो र सरोकारसँग रहेको विविध बिषयसँग सम्बिन्धीत रहेर रुपान्तरण अभियान सन्चालन भइरहेको छ ।
उदयपुर जिल्लामा रहेको उदयपुढि गाउँपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङबोको नेतृत्वमा विविध कार्यक्रम गर्दै अभियान सन्चालन भइरहेको छ ।

अभियानकै क्रममा गाउँमा रहेका आर्थिक रुपले विपन्न युवालाई मेन्याङबोको नेत्रृत्वको टिम सहयोग गरेको छ । लामो समयदेखि बिरामी भएर घरमा रहेका युवालाई उपचारका लागि सहयोग गरेको हो।
उदयपुरगढि गाउँपालिका १ ब्वासे निवासी ४० बर्षीय युवा नरजित राईलाई उपचारका लागि आइतबार बिहान एम्बुलेन्सको व्यवस्था गरी वि.पी. स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाएको हो । अस्पतालमा समेत थप उपचारका लागि सहजिकरण गरिरहेको नेता मेन्याङबो बताँए ।





















