अनलाईन मार्फत उजुरी गर्न प्रहरी वृत्त मालिगाउँकाे अनुरोध
वि.सं.२०८० मंसिर १९ मंगलवार ००:५१
5.06K
shares
shares

काठमाडौं । प्रहरी वृत्त मालिगाउँले अनलाइन मार्फत गुनासो वा उजुरी गर्न तथा सल्लाह र सुझाव दिन आग्रह गरेको छ ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र सुबेदीले सेवा प्रवाह तथा प्रहरी कामकारबाही सम्बन्धी गुनासो भए ‘क्यूआर कोड’ स्क्यान गरी अनलाइनमार्फत सुझाव दिन आग्रह गरेका हुन् । उनले यस मार्फत् सेवा प्रवाह तथा प्रहरीको कामकारबाही सम्बन्धी गुनासो राख्न पनि अनुरोध गरेका छन् ।
‘प्रहरी वृत्त मालिगाउँबाट हुने सेवा प्रवाह तथा प्रहरी कामकारबाही सम्बन्धी कुनै पनि गुनासो, सल्लाह सुझाव भएमा क्यु आर कोड स्क्यान गरी अनलाइन मार्फत गुनासो, उजुरी, सल्लाह सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं’, उनले भनेका छन् ।





























