डीआईजी भिम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा ४ दिने कार्य अवधि तालिम सम्पन्न
वि.सं.२०८० मंसिर २१ बिहीवार १९:४४
6.46K
shares
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक भिम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा २०८० मंसिर १८ गते २०८० मंसिर २१ गते सम्म सञ्चालन भएको ०४ दिने कार्य अवधिको “आर्थिक अपराध अनुसन्धानमा सिप तथा क्षमता अभिवृद्धि (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण तालिम” सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज), जिल्ला प्रहरी कार्यालय १०(दश) साथै ईलाका प्रहरी कार्यालयमा अपराध अनुसन्धान क्षेत्रमा कार्यरत रहँदै आएका प्रहरी निरीक्षक -५, प्रहरी नायव निरीक्षक -४ र प्रहरी सहायक निरीक्षक – १० गरी जम्मा १९ (उन्निस) जनाको तालिममा सहभागिता रहेको थियो ।






















