प्रहरी नायव महानिरीक्षक राजेशनाथ बस्तोलाको प्रमुख अतिथ्यतामा सांस्कृतिक कार्यक्रम मञ्चको उद्घाटन
वि.सं.२०८० मंसिर २१ बिहीवार १९:५६
shares

बिराटनगर । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, सुनसरी परिसरमा निर्माण भएको सांस्कृतिक कार्यक्रम मञ्चको एक कार्यक्रमको आयोजना गरी उद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बस्तोलाको प्रमुख अतिथ्यतामा उद्घाटन भएको मञ्चमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । मञ्चमा प्रहरी कर्मचारी तथा आगन्तुक कलाकारहरुले बिभिन्न नृत्य, गायन, कबिता र गजल समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा आगन्तुक कलाकारहरुलाई प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रसंसा प्रत्रद्वारा सम्मान समेत गर्नु भएको थियो ।

सांस्कृतिक कार्यक्रम मञ्चको उदघाटन कार्यक्रममा संबिधान सभा सदस्य माननीय अनिता परियार बराल, सुनसरी जिल्ला समन्वय समिति अध्यक्ष राजन मेहेता, दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदार, प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली, सशस्त्र प्रहरी बल नेपाल पकलीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी पोखरेलको सहभागिता रहेको थियो
त्यसै गरी राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक किशोर श्रेष्ठ, हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी, प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरी शर्मा, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला, प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।































