नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ

4.51K
shares

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको विशेष टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा तीन जनालाई दुई किलो सुनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेको अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

उनका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसअघि बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।


divya collage
unigloble collage