१४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन

5.23K
shares

काठमाडौं । दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो।

समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083