घुम्ती प्रशिक्षण प्रशिक्षक तालिम ‘समूह क’ चौथो समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर २६ मंगलवार १५:५७
shares

काठमाडौ । राष्ट्रीय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा घुम्ती प्रशिक्षण प्रशिक्षक तालिम ‘समूह क’ चौथो समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानमा २०८० मंसीर ६ गते देखी सञ्चालन भएको १८ दिने कार्य अवधिको घुम्ती प्रशिक्षण प्रशिक्षक तालिम ‘समूह क’ चौथो समूहको तालिम आज सम्पन्न भएको हो ।

समापन कार्यक्रममा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानका कार्यकारी निर्देशले प्रमाण पत्र वितरण एंव उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, ने.प्र.अ.अ. विद्यालयका प्रधानाचार्य, सह-निर्देशकहरु लगायत अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्








National Police Academy बाट साभार
































