आसरा सुधार केन्द्रकाे पानवारी धरानमा बैठक सम्पन्न

5.19K
shares

बिराटनगर । सुनसरीको धरान उप-महानगरपालिका पानवारी स्थित रहेको आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण, आन्तरिक छलफल तथा बैठक सम्पन्न भएको छ ।

आज बिहान प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष एवं आसरा सुधार केन्द्रकी संरक्षक अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा बैठक बसेकाे थियाे ।

साथै केन्द्रका सदस्यहरु समेतको उपस्थितिमा आसरा सुधार केन्द्र, पानवारी धरानको विधान २०८० लाई सर्वसम्मत अनुमोदन गर्ने तथा आवश्यक कागजातहरु सहित जिल्ला प्रशासन कार्यालय इनरुवा, सुनसरीमा संस्था दर्ताको लागि पेश गर्ने निर्णय सहित आन्तरिक छलफल तथा बैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी, स्थानिय जन प्रतिनिधि तथा संचालक समितिका सदस्यहरु र श्रीमती संघका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083