आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यमा नेपाल पुलिस स्कुल साँगामा संचालित २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न
वि.सं.२०८० पुस ६ शुक्रवार १९:०८
shares

काठमाडौ । आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यमा नेपाल पुलिस स्कुल साँगामा संचालित २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न भएकाे छ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।






























