प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस ११ बुधवार १६:५७
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनु भएकाे छ ।
सातसय कोल्मा बहाकोट सम्पर्क मञ्च पुतलीबजार स्याङ्जाको आयोजनामा २०८०पाैष ७ गते पुतलीबजार नगरपालिका, स्याङ्जामा सञ्चालन भएको राष्ट्रिय स्तरको “क्रसकन्ट्री दौड प्रतियोगिता २०८० चौथो संस्करण” मा नेपाल प्रहरीको तर्फबाट सहभागी भई क्रसकन्ट्री दौड ५ कि.मि. (महिला) ईभेन्ट्समा प्रथम स्थान करार खेलाडी राममाया बुढा र द्वितीय स्थान प्रहरी जवान सुमित्रा कुमारी चौधरीलाई आज प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले बधाई तथा शुभकामना प्रदान गर्नु भएकाे हाे ।
साथै आगामी प्रतियोगिताहरुमा समेत उच्च प्रदर्शन तथा सफलताको शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।































