प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथा सङ्ग्रह लोकार्पण
वि.सं.२०८० पुस १४ शनिवार २०:०५
4.5K
shares
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनमा क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनु भएको हो ।






























