नवलपरासीको रामग्राममा दोस्रो “रामग्राम महोत्सव: उपाध्यक्ष डा. लामा द्वारा उद्घाटन

7.1K
shares

लुम्बिनी । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राममा दोस्रो “रामग्राम महोत्सव आयोजना भएको छ। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले उक्त कार्यक्रमको दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

बुद्धिष्ट सोसाइटी, लुम्बिनी विकास कोष सहितको संयुक्त आयोजना आयोजित उक्त कार्यक्रममा उपाध्यक्ष डा. लामाले बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभई अस्तु सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम भएको भन्दै यो संसार भररहेका बौद्धमार्गीहरुको साझा सम्पत्ति रहेको बताएका छन् ।

करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ । बुद्धको महापरिनिर्वाण पश्चात् बुद्धको अस्तुधातु आठ भाग लगाइएको र त्यस मध्येको एक भाग रामग्राग रहेको हो।

मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दिप, पावा र कुशिनगरलाई अस्थि बाँडिएको थियो । बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य(रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेको मान्यता रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083