प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

5.01K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

टाईगर ग्रुप अफ पोखराको आयोजनामा २०८० माघ ०१ गतेदेखि ६ गतेसम्म पोखरामा सञ्चालन हुन गईरहेको “चौथो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता” हुने भएकाे छ ।

नेपाल प्रहरीको प्रतिनिधित्व हुने गरी सहभागी हुन जान लागेका नेपाल प्रहरीका महिला भलिबल खेलाडीहरुलाई आज प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले प्रतियोगितामा उच्च खेल प्रदर्शनको अपेक्षा सहित अग्रिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

साथै उक्त प्रतियोगितामा सहभागी हुन जाने “३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीको पुरुष भलिबल टिमलाई समेत बधाई ज्ञापनका साथै आगामी प्रतियोगितामा सफलताको शुभकामना समेत व्यक्त गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083