लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी पालिका स्तरिय समिति गठन सम्पन्न

10.21K
shares

कास्की । लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी पालिका स्तरिय समिति गठन सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना, ईलाका प्रहरी कार्यालय शिसुवाको समन्वय तथा रुपा गाँउपालिकाको सहकार्यमा पालिका स्तरिय लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी समिति गठन भएकाे हाे ।

उत्त कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा वडा अध्यक्षहरुको विशेष उपस्थिति ईलाका प्रहरी कार्यालय शिसुवका प्रमुख डिएसपी सुनिल मल्ल तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेकाे थियाे ।

लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी राष्ट्रिय नीति २०६३, लागू औषध नियन्त्रण रणनिति २०६६, लागू औषध रोकथाम तथा नियन्त्रण गुरुयोजना २०७९-२०८४ र नेपाल प्रहरीको लागू औषध नियन्त्रण कार्ययोजना २०८० मा भएका व्यवस्थालाई सरोकारवाला निकायको सहभागितामा कार्यान्वयन गरी नेपालमा लागू औषध अपराध रोकथाम तथा नियन्त्रण गर्न विभिन्न जनचेतना मूलक कार्यक्रम संचालन गर्ने गरी रुपा गाँउपालिकामा पालिका स्तरिय समिति गठन गरिएको हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083