गृह मन्त्री नारायणकाजी श्रेष्ठद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न

4.78K
shares

काठमाडौ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठबाट शनिबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण सम्पन्न भएको छ । निरीक्षणमा नेपाल प्रहरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको समेत सहभागिता रहेको थियो ।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिनु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083