मधेश प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय राैतहटकाे निरीक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २२ सोमवार १७:४४
8.55K
shares
shares

राैतहट । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय राैतहटकाे निरीक्षण एवम् अनुगमन गर्नु भएकाे छ ।
निरीक्षणको सिलसिलामा कार्यालयको हिरासत कक्ष, कार्यालय भवन, विभिन्न शाखाहरू, मेष तथा व्यारेक समेतको निरीक्षण गर्नु भएकाे थियाे ।
साथै सक्कल दर्जाका प्रहरी कर्मचारीहरुलाई सम-सामयिक र व्यवसायी विषय वस्तुमा सम्बोधन गरि व्यवासयीक भएर कार्य सम्पादन गर्न कडा निर्देशन दिनु भएकाे थियाे ।
































