नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नि.शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

5.14K
shares

काठमाडौ ।  नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौँको आयोजनामा जिल्ला प्रहरी कार्यालय,रुपन्देहीको सहकार्य तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भैरहवा रुपन्देहीको प्राविधिक सहयोगमा नेपाल प्रहरी  संघका अध्यक्ष  लक्ष्मी कुवँरकाे प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्राङ्गणमा “नि.शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा बिशेषज्ञ डाक्टरहरुद्वारा नाक, कान, घाँटी, मुटु, दम, दाँत, स्त्री रोग, ईसिजि, युएसजि, हार्डजोर्नी र थेरापी सम्बन्धी प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य परिक्षण तथा परामर्श दिइएको थियो ।

उक्त कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् गणेश अर्याल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत, गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देहीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे ।

त्यसै गरी नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक कुमार बस्नेत, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाई, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क., राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीका प्रमुख उप-अनुसन्धान निर्देशक हुमाकान्त पाण्डेकाे उपस्थिति रहेकाे थियाे।

साथै सशस्त्र प्रहरी वल २७ नं. हे. क्वा. रुपन्देहीका स.प्र.ना.उ.मोहन न्यौपाने , युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भैरहवा, रुपन्देहीका Medical Superintendent professor Dr. सदन मुखी ज्यू, सोही अस्पतालका क्याम्प कोर्डिनेटर तेज बहादुर के.सी. तथा बिशेषज्ञ डाक्टरहरु तथा अन्य स्वास्थ्यकर्मीहरु, लुम्बिनी प्रेश क्लवका अध्यक्ष कमल रायमाझी लगायत अन्य संचारकर्मीहरु, श्रीमती संघका पदाधिकारीहरु, रुपन्देही जिल्ला अन्तर्गतमा रहेका बिभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु समेतकाे उपस्थिती रहेको ।