“घुम्ती प्रशिक्षण प्रशिक्षक (समूह ख) तालिम (प्र.नि./जु.प्र.अ.)” चौंथो समुहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

5.64K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८०/१०/२४ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भएको “घुम्ती प्रशिक्षण प्रशिक्षक (समूह ख) तालिम (प्र.नि./जु.प्र.अ.)” चौंथो समुहको तालिम प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम आज सम्पन्न भएकाे हाे ।

प्रमुख अतिथिबाट दीक्षित भई जाने १ जना महिलासहित प्रहरी निरीक्षक १, प्रहरी वरिष्ठ नायब निरीक्षक १, प्रहरी नायब निरीक्षक २ र प्रहरी सहायक निरीक्षक २० गरी जम्मा २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा बधाई दिदै व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवनको सफलताको शुभकामना प्रदान समेत गर्नुभएको थियो । साथै तालिम संयोजक प्रहरी नायब उपरीक्षक विकास थापाज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्‍ठानका सह- निर्देशक, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

(तस्बिरमा हेर्नुस् )


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083